गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

पाेखरा | चैत २१, २०८०

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा तस्बिर: गण्डकी प्रदेश प्रमुखको सचिवालय

पोखरा:    गण्डकीका प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् ।

 

मुख्यमन्त्री पाण्डेले आज (बुधबार) प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । 


सत्ता गठबन्धनमा परिवर्तन आएपछि माओवादी केन्द्रले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।


मुख्यमन्त्री पाण्डलेले (बिहीबार) भोलिसम्म विश्वासको मत लिनुपर्ने थियो। विश्वासको मत लिने वातावरण नभएपछि उनी राजीनामा दिने मनस्थितिमा पुगेका हुन्।

 

गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल कुनै पनि दललाई सत्ताकेन्द्रित गतिविधिमा साथ नदिने बताएपछि पाण्डेले राजीनामा दिएकाे पत्रकारहरूसमक्ष बताए। 

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्